राष्ट्र बैंकले २०० र ५०० भारु नोट ल्याउन–लैजान २५ हजारसम्म अनुमति
२०८३ श्रावण ७

राष्ट्र बैंकले २०१६ पछि जारी २०० र ५०० भारु नोट २५ हजारसम्म ओसारपसार र सटही गर्न अनुमति दिएको छ।
नेपाल राष्ट्र बैंकले २०१६ नोभेम्बर ९ पछि जारी भएका २०० र ५०० भारुका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारुसम्म ल्याउन, लैजान वा सटही गर्न सक्ने व्यवस्था गरेको छ। २०१६ अघि जारी ५०० र १००० भारु नोटको कारोबार भने निषेध रहनेछ। भारतबाहेक अन्य मुलुकबाट भारु ल्याउन वा लैजान भने अनुमति छैन।
Tags:
#छोटोखबर #राष्ट्रबैंक #भारु #विदेशीमुद्रा #विनिमय #नेपाल #भारत #आर्थिकसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
