लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

कांग्रेस सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।
नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। डोटीबाट निर्वाचित खड्का कांग्रेसको निर्णयअनुसार उम्मेदवार बनेका हुन्। रास्वपाले उक्त पद प्रतिपक्षलाई दिने निर्णय गरेको छ। खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी रहेका छन्। लामो राजनीतिक अनुभव भएका खड्का पूर्व स्थानीय जनप्रतिनिधि समेत हुन्। उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता मानिन्छन्।
Tags:
#भरतखड्का #नेपालीकांग्रेस #संसद #लेखासमिति #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


