रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ, जिम्मेवार बन्ने रवि लामिछानेको प्रतिबद्धता
२०८३ असार १३

रास्वपाका नवनिर्वाचित पदाधिकारीले शपथ ग्रहण गर्दै जिम्मेवार नेतृत्व र पार्टी एकताको प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। शपथपछि लामिछानेले आफूलाई अब अपरिपक्व हुने छुट नरहेको, पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै राष्ट्रिय हित र सन्तुलित कूटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
Tags:
#रास्वपा #रविलामिछाने #महाधिवेशन #शपथग्रहण #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


