रास्वपाले केन्द्रीय समिति र पदाधिकारी संख्या बढाउने, वरिष्ठ नेताको व्यवस्था हुने
२०८३ असार ४

रास्वपाले विधान संशोधन गर्दै केन्द्रीय समिति १५८ सदस्यीय र पदाधिकारी संख्या १९ सदस्यीय बनाउने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गर्दै केन्द्रीय समिति १२९ बाट बढाएर १५८ सदस्यीय बनाउने निर्णय गरेको छ। सचिवालय बैठकले वरिष्ठ नेताको व्यवस्था थप्ने र पदाधिकारी संख्या १९ सदस्यीय बनाउने निर्णय पनि गरेको छ। नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ नेता र एक सहमहामन्त्री थपिनेछन् भने वरिष्ठ नेता सभापतिले मनोनयन गर्न सक्नेछन्।
Tags:
#छोटोखबर #रास्वपा #राष्ट्रियस्वतन्त्रपार्टी #विधानसंशोधन #केन्द्रीयसमिति #पदाधिकारी #वरिष्ठनेता #नेपालीराजनीति #महाधिवेशन #ताजाखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


