महामन्त्री विश्वप्रकाश शर्मा यसपटक चुनाव नलड्ने
२०८२ पौष १०

शर्माले पार्टीको महामन्त्रीको जिम्मेवारीमा केन्द्रित रहँदै अन्य साथीहरूलाई अवसर दिन यस्तो निर्णय लिएको स्पष्ट पारे।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक निर्वाचन नलड्ने घोषणा गरेका छन्। झापा–१ का नेता कार्यकर्तालाई पहिल्यै जानकारी गराएर कार्यसम्पादन समितिमा निर्णय सार्वजनिक गरेको उनले बताए। पार्टीको महामन्त्रीको जिम्मेवारीमा केन्द्रित हुन र अन्य कार्यकर्तालाई अवसर दिन यस्तो निर्णय लिएको शर्माको भनाइ छ। उनले चुनाव जिताउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


