नदी किनारबाट हटाइएकालाई सरकारले २५ हजार रुपैयाँ दिने
२०८३ जेठ ५

सरकारले नदी किनारबाट हटाइएका परिवारलाई पुनर्स्थापना र बसोबास खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका व्यक्तिहरूलाई पुनर्स्थापना खर्चस्वरूप सरकारले एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय परिवारलाई १५ हजार र थप सदस्यका लागि प्रतिव्यक्ति दुई हजार दरले तीन महिनासम्म बसोबास खर्च दिने निर्णय गरेको हो । वृद्ध, अशक्त र असहायलाई होल्डिङ सेन्टरमा राखिनेछ ।
Tags:
#काठमाडौँ #नदीकिनार #पुनर्स्थापना #मन्त्रिपरिषद् #नेपालसरकार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


