विकास कूटनीतिको नयाँ युगमा नेपाल–भारत सम्बन्ध अघि बढाउनुपर्नेमा रवि लामिछानेको जोड
२०८३ जेठ २०

रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास र आपसी विश्वासमा आधारित नयाँ चरणमा लैजानुपर्ने बताएका छन्।
भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो भेटवार्ता गरेका छन्। भेटपछि सामाजिक सञ्जाल एक्समार्फत उनले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ लैजानुपर्ने बताएका छन्। विगतका सीमितता र अवरोध पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
Tags:
#रविलामिछाने #नेपालभारतसम्बन्ध #नरेन्द्रमोदी #विकासकूटनीति #कूटनीतिकसम्बन्ध #भारतभ्रमण #रास्वपा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


