आचारसंहिता उल्लंघनमा आयोग कडा, उजुरी र स्वअनुसन्धानबाट कारबाही
admin admin
२०८२ माघ ७

आचारसंहिताको पालना गराउने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेहरूलाई उजुरी र आफ्नै अनुगमन संयन्त्रबाट अनुसन्धान गरी कारबाही गर्ने जनाएको छ। निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन क्षेत्रदेखि केन्द्रसम्म संयन्त्र सक्रिय छन्। मनोनयनका क्रममा आएका उजुरीमाथि पनि कारबाही अघि बढाइने आयोगले जनाएको छ।
Tags:
#छोटोखबर #निर्वाचनआयोग #आचारसंहिता #निर्वाचनसमाचार #राजनीति #नेपालनिर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

