रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

रास्वपाले सचिवालय बैठकपछि भोलि केन्द्रीय समिति बैठक बोलाउँदै विभिन्न संगठनात्मक विषयमा निर्णय गर्ने तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बोलाएको छ। प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेको निर्देशनमा केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। त्यसअघि आइतबार सचिवालय बैठक बस्दैछ, जसमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभाग मनोनयनबारे छलफल हुनेछ।
Tags:
#छोटोखबर #रास्वपा #राजनीति #केन्द्रीयसमिति #बैठक #रविलामिछाने #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


