राहदानी संकटको जोखिम : विभागमा एक महिनालाई मात्र पुग्ने स्टक
२०८३ असार १०

मौज्दात घट्दै जाँदा र नयाँ आपूर्ति अन्योलमा परेपछि राहदानी विभागमा पासपोर्ट अभावको जोखिम बढेको छ।
राहदानी विभागमा हाल करिब ६० हजार पासपोर्ट मात्रै मौज्दात रहेको र यो बढीमा एक महिनाका लागि पुग्ने बताइएको छ। दैनिक ३ हजारदेखि ३५ सयसम्म राहदानीको माग भइरहेका बेला नयाँ पासपोर्ट आपूर्ति अन्योलमा परेको छ। ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि छपाइ र आपूर्तिको प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता बढेको छ।
Tags:
#राहदानी #पासपोर्ट #राहदानीविभाग #परराष्ट्रमन्त्रालय #सेवासंकट #भ्रष्टाचारमुद्दा #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

