उत्तरी जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
२०८३ बैशाख ७

उत्तरी जापानमा शक्तिशाली भूकम्पपछि सम्भावित सुनामी जोखिमका कारण उच्च सतर्कता अपनाइएको छ।
उत्तरी जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि तीन मिटरसम्म सुनामी आउने चेतावनी दिइएको छ। इवाटे क्षेत्रमा केन्द्रित भूकम्पको धक्का टोकियोसम्म महसुस भयो। तटीय बासिन्दालाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। सरकार सतर्क अवस्थामा छ भने बारम्बार सुनामी आउन सक्ने जोखिम औंल्याइएको छ। जापान उच्च भूकम्पीय जोखिमयुक्त देश हो।
Tags:
#छोटोखबर #जापान #भूकम्प #सुनामी #आपतकाल #प्राकृतिकविपद् #सतर्कता #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्