जलवायु अनुकूलनका लागि नेपाललाई १० मिलियन डलर अनुदान
२०८३ असार १६

जलवायु उत्थानशील खाद्य प्रणाली विकासका लागि नेपालले १० मिलियन अमेरिकी डलरको अन्तर्राष्ट्रिय अनुदान प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाडी समुदायका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुने परियोजनाबाट कर्णाली र सुदूरपश्चिमका पाँच जिल्लाका ६० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्।
Tags:
#जलवायुपरिवर्तन #अनुकूलनकोष #अनुदान #खाद्यसुरक्षा #वनतथावातावरण #कर्णाली #सुदूरपश्चिम #दिगोविकास #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

