बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
२०८३ असार ५

जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि जावलाखेलको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना शुक्रबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। चिडियाखानाले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको जनाएको छ। संक्रमण नियन्त्रण तथा आवश्यक व्यवस्थापन कार्य भइरहेकाले अवस्था सामान्य भएपछि मात्र पुनः सञ्चालनबारे सूचना जारी गरिने बताइएको छ।
Tags:
#छोटोखबर #सदरचिडियाखाना #जावलाखेल #बर्डफ्लु #ललितपुर #स्वास्थ्यसुरक्षा #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

