सरकारविरुद्ध संसद्मा थप आक्रामक बन्न विपक्षी दलहरूको तयारी
२०८३ जेठ १०

विपक्षी दलहरूले सरकारको कार्यशैलीविरुद्ध संसद्मा संयुक्त रूपमा कडा प्रतिरोध गर्ने तयारी गरेका छन्।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी दलहरूले संसद्मा थप सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेका छन्। विपक्षी प्रमुख सचेतकहरूको बैठकले जेठ १२ को प्रतिनिधि सभा बैठकमा सरकारको कडा प्रतिरोध गर्ने निष्कर्ष निकालेको हो। विपक्षीहरूले सरकारमाथि संसदीय मूल्य–मान्यता उल्लंघन र विपक्षीको आवाज दबाउने आरोप लगाएका छन्।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #विपक्षीदल #नेपालराजनीति #संसद #सरकार #एमाले #कांग्रेस #राप्रपा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


