प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा समिति बैठक बहिष्कार
२०८३ बैशाख २८

प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा नआएको भन्दै कांग्रेसले राज्य व्यवस्था समितिको बैठक बहिष्कार गरेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बहिष्कार गरेको छ । गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाह लगातार बैठकमा अनुपस्थित भएपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । सुकुम्वासी लगायत विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने भन्दै कांग्रेस सांसदहरू बैठकमा सहभागी नभएका हुन् । प्रधानमन्त्री उपस्थित भए मात्र बैठकमा जाने कांग्रेसको अडान छ ।
Tags:
#नेपालीकांग्रेस #राज्यव्यवस्थासमिति #बालेन्द्रशाह #संसद् #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


