मनसुनबाट २ लाखभन्दा बढी प्रभावित हुने अनुमान, राष्ट्रिय कार्ययोजना स्वीकृत
२०८३ जेठ १

सरकारले मनसुनबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी कार्ययोजना स्वीकृत गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ स्वीकृत गरेको छ । प्राधिकरणका अनुसार यस वर्षको मनसुनबाट देशभर ५१ हजारभन्दा बढी घरधुरीका करिब २ लाख २६ हजार मानिस प्रभावित हुन सक्ने अनुमान छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारी निकाय र क्लस्टरहरूलाई तयारी अवस्थामा रहन जिम्मेवारी तोकिएको छ ।
Tags:
#मनसुन #विपद्व्यवस्थापन #प्राकृतिकविपद् #नेपालसरकार #पूर्वतयारी #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्