रास्वपा सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल
२०८३ बैशाख २०

रास्वपाको सचिवालय बैठकमा स्थानीय चुनाव तयारी र पार्टी संरचनासम्बन्धी विषयमा छलफल हुँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो साढे १२ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। सभापति रवि लामिछानेको निर्देशनमा बोलाइएको बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधनबारे छलफल हुने भएको छ।
Tags:
#छोटोखबर #रास्वपा #रविलामिछाने #राजनीति #बैठक #महाधिवेशन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


