एमालेले ऐन महरलाई प्रमुख सचेतक बनायो
२०८३ बैशाख ११

एमालेले सांसद ऐन महरलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएको छ।
नेकपा (एमाले) ले बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ऐन महरलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ। दलका नेता रामबहादुर थापा ‘बादल’ले औपचारिक रूपमा उनलाई उक्त जिम्मेवारी दिएका हुन्। प्रमुख सचेतकको भूमिकामा महरले दलको संसदीय गतिविधि समन्वय गर्ने, सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।
Tags:
#एमाले #ऐनमहर #प्रमुखसचेतक #संसद #राजनीति #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


