नेपालसँग सहकार्य विस्तार गर्न तयार युरोपेली प्रतिनिधिमण्डल
२०८३ जेठ १२

युरोपेली प्रतिनिधिमण्डलले नेपालसँग शिक्षा, पर्यटन र आर्थिक विकासमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल भ्रमणमा रहेको युरोपेली प्रतिनिधिमण्डलले सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। टोलीले प्रधानमन्त्री बालेन शाहसहित विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गरेको थियो। शिक्षा, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा विशेष जोड दिँदै युरोपमा नेपाली विद्यार्थी र कामदारको आकर्षण बढ्दो रहेको पनि प्रतिनिधिमण्डलले उल्लेख गरेको छ।
Tags:
#युरोपेलीसंघ #नेपाल #बालेनशाह #पर्यटन #शिक्षा #आर्थिकविकास #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


