Choto Khabar Logo

बहराइनस्थित अमेरिकी हवाई अखडामा आक्रमणको दाबी

२०८२ फाल्गुण १९
बहराइनस्थित अमेरिकी हवाई अखडामा आक्रमणको दाबी
इरानी रिभोलुसनरी गार्ड कर्प्सको ड्रोन र क्षेप्यास्त्र आक्रमणले बहराइनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमान्ड भवन ध्वस्त पार्दै इन्धन ट्यांकरमा विस्फोट गराएको दाबी गरिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बद्ध सञ्चारमाध्यमले बहराइनस्थित अमेरिकी हवाई अखडाको कमान्ड भवन नष्ट भएको दाबी गरेका छन्। ‘फार्स’ समाचार एजेन्सीले ड्रोन र क्षेप्यास्त्र आक्रमणको भिडियो सार्वजनिक गरेको छ। तर संयुक्त राज्य अमेरिका विदेश मन्त्रालयले आधिकारिक टिप्पणी गरेको छैन। साथै, अमेरिकाले आफ्ना नागरिकलाई बहराइन छोड्न आग्रह गरेको छ।

Tags:

#छोटोखबर #बहराइन #इरान #अमेरिका #मध्यपूर्वतनाव #सैन्यआक्रमण

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्