अमर्यादित व्यवहारबारे छानबिन गर्न संसदीय समिति गठन
२०८३ जेठ १८

प्रतिनिधिसभामा भएको अव्यवस्था र अमर्यादित गतिविधिको छानबिन गर्न सभामुखले ७ दिनभित्र प्रतिवेदन बुझाउने समिति गठन गरेका छन्।
प्रतिनिधिसभामा भएको नाराबाजी, घम्साघम्सी र अमर्यादित व्यवहारबारे छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले तीन सदस्यीय समिति गठन गरेका छन्। प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा बनेको समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ। प्रतिवेदनका आधारमा नियमावलीअनुसार सम्बन्धित सांसदमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सभामुखले जानकारी दिएका छन्।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #सभामुख #डोलप्रसादअर्याल #संसद #छानबिनसमिति #सांसद #राजनीति #नेपालसमाचार #संसदीयकारबाही
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



