Choto Khabar Logo

प्रतिनिधिसभा बैठक आज, महत्त्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने

२०८३ असार २२
प्रतिनिधिसभा बैठक आज, महत्त्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
आजको प्रतिनिधिसभा बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय श्रम महासन्धिमाथि छलफल हुने भएको छ।
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ। बैठकमा नेपाल विशेष सेवा ऐन संशोधन, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक तथा अभौतिक सांस्कृतिक सम्पदा विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुनेछ। साथै अन्तर्राष्ट्रिय श्रम संगठनका दुई महासन्धिसम्बन्धी प्रस्तावमाथि पनि संसद्मा छलफल अघि बढाइने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Tags:

#छोटोखबर #प्रतिनिधिसभा #संसद् #विधेयक #नेपालराष्ट्रबैंक #श्रममहासन्धि #संघीयसंसद् #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू