उद्धार सामग्रीसहित अमेरिकी सेनाका दुई विमान नेपाल आइपुगे*
२०८३ भाद्र १७

रसुवा बाढीपछिको उद्धार र राहतमा सहयोग गर्न आवश्यक उपकरण तथा हजारौँ सामग्रीसहित अमेरिकी सेनाका दुई विमान नेपाल आइपुगेका छन्।
राहत तथा उद्धारमा सहयोग गर्न आवश्यक उपकरणसहित अमेरिकी सेनाका दुई विमान नेपाल आइपुगेका छन्। अमेरिकी राजदूतावासका अनुसार रसुवा बाढीपछिको उद्धारका लागि ५ हजार विशेष सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर र साना लोडर ल्याइएको हो। सरकारको अनुरोधमा अमेरिका सहयोगमा जुटेको र यसअघि ३६ लाख डलरबराबरका थप सामग्री उपलब्ध गराइसकिएको जनाएको छ।
Tags:
#छोटोखबर #रसुवाबाढी #उद्धार #राहत #अमेरिकीसेना #अमेरिका #नेपाल #विपद् #सहयोग #मानवीयसहायता
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



