भदौ १० को विपद् तीव्र वर्षाका कारण मात्र नभएको चिनियाँ अध्ययनको निष्कर्ष
२०८३ भाद्र १७

हिमनदीको अस्थिरता र बहावमार्गमा थपिँदै गएको अवशेषका कारण भदौ १० को हिम–चट्टान पहिरो विशाल विनाशकारी लेदोयुक्त बहावमा परिणत भएको चिनियाँ अध्ययनको निष्कर्ष छ।
नेपाल–तिब्बत सीमामा भदौ १० मा आएको विनाशकारी लेदोयुक्त पहिरो छोटो अवधिको तीव्र वर्षाका कारण मात्र नभएको चिनियाँ अनुसन्धानकर्ताहरूको नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार असामान्य रूपमा तातो मौसमले हिमनदी र परमाफ्रोस्टको स्थिरता कमजोर बनायो। हिम–चट्टान खसेपछि करिब २२ किलोमिटर लामो बहावमार्गमा थप माटो, चट्टान र पानी मिसिँदै जाँदा विपद्को विनाशकारी शक्ति बढेको निष्कर्ष निकालिएको छ।
Tags:
#छोटोखबर #भदौ१०विपद् #केरुङ #हिमनदी #हिमपहिरो #विपद् #जलवायुपरिवर्तन #वैज्ञानिकअध्ययन #नेपालचीन #पूर्वसूचना
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



