Choto Khabar Logo

शिक्षा र सिप विकासबाट नेपाल–बेलायत सम्बन्ध अझ बलियो हुने : सीमा मल्होत्रा

२०८३ जेठ १०
शिक्षा र सिप विकासबाट नेपाल–बेलायत सम्बन्ध अझ बलियो हुने : सीमा मल्होत्रा
बेलायतले शिक्षा, सिप विकास र आर्थिक सहकार्यमार्फत नेपालसँगको सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।
बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले शिक्षा, सिप विकास र आर्थिक सहकार्य नेपाल–बेलायत सम्बन्ध सुदृढ गर्ने मुख्य आधार भएको बताएकी छन्। नेपाल भ्रमणका क्रममा उनले ट्रान्सनेसनल एजुकेसनमार्फत नेपाली विद्यार्थीलाई नेपालमै बेलायती शिक्षा उपलब्ध गराउने सम्भावना औंल्याइन्। बेलायतले नेपालको आर्थिक वृद्धि, रोजगारी र समावेशी विकासमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

Tags:

#छोटोखबर #बेलायत #नेपालबेलायतसम्बन्ध #शिक्षा #सिपविकास #अर्थतन्त्र #सीमामल्होत्रा #अन्तर्राष्ट्रियसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्