Choto Khabar Logo

चार–पाँच दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, कोसी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार १३
चार–पाँच दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, कोसी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशका विभिन्न स्थानमा वर्षा र कोसीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले चारदेखि पाँच दिनभित्र कर्णाली, सुदूरपश्चिम तथा बाँकी क्षेत्रमा पनि मनसुन फैलिने जनाएको छ। कोसी, वाग्मती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रसँगै मधेस र केही तराई क्षेत्रमा मेघगर्जन–चट्याङसहित वर्षा हुन सक्छ। कोसीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो लहर चल्न सक्छ।

Tags:

#मौसम #वर्षा #मनसुन #कोसी #जलतथामौसम #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू