Choto Khabar Logo

निर्वाचन आचारसंहिता अनुगमनमा ६६ उजुरी

२०८२ फाल्गुण ४
निर्वाचन आचारसंहिता अनुगमनमा ६६ उजुरी
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रूपमा परिचालन भइरहेका छन्।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी परेका छन्। निर्वाचन आयोग ले सम्बन्धित दल, उम्मेदवार, संस्था र सञ्चारमाध्यमसँग स्पष्टीकरण मागेकोमा ३२ जवाफ प्राप्त भई अध्ययन भइरहेको छ। दर्ता सञ्चारमाध्यमका विषयमा प्रेस काउन्सिल नेपाल मार्फत कारबाही प्रक्रिया अघि बढाइएको छ। ७७ जिल्लामा अनुगमन तीव्र पार्दै आवश्यक कानुनी कारबाही भइरहेको आयोगले जनाएको छ।

Tags:

#छोटोखबर #निर्वाचनआयोग #आचारसंहिता #अनुगमन #निर्वाचन२०८२ #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू