Choto Khabar Logo

नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने

२०८३ असार २०
नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने
नयाँ प्रणाली लागू गर्ने तयारीका कारण राहदानी सेवा केही दिनका लागि अस्थायी रूपमा बन्द हुने भएको छ।
राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारीस्वरूप केही दिन राहदानी सेवा बन्द गर्ने भएको छ। विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान हुने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म बन्द रहनेछ। यस्तै, राहदानी विभागबाट प्रदान हुने सेवा असार २५ र २६ गते बन्द हुनेछ। विभागले नयाँ प्रणाली नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

Tags:

#राहदानी #राहदानीविभाग #नयाँप्रणाली #राहदानीसेवा #नेपालसरकार #सार्वजनिकसूचना #सेवासूचना #नागरिकसेवा #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू