बालेन्द्र शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
admin admin
२०८२ माघ १२

निर्वाचन अवधिमा घृणात्मक र भ्रामक आरोप नदोहोर्याउन निर्देशन जारी गरी लोकतान्त्रिक बहसलाई तथ्य, नीति र कार्यक्रममै सीमित राख्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौं महानगरका निवर्तमान प्रमुख बालेन्द्र शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उनका सामाजिक सञ्जाल अभिव्यक्ति घृणात्मक, भ्रामक र मानहानिकारक भएको भन्दै लोकतान्त्रिक निर्वाचन प्रक्रियामा असर पर्ने आरोप लगाइएको छ। साथै चुनावी आचारसंहिता उल्लङ्घनको छानबिन माग गरिएको छ।
Tags:
#रास्वपा #बालेन्द्रसाह #निर्वाचनआयोग #आचारसंहिता #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

