बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ
२०८२ चैत्र १३

शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच उनलाई शपथ गराएका हुन्। सो कार्यक्रममा उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यसअघि बिहानै शाहलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो।
Tags:
#छोटोखबर #प्रधानमन्त्री #बालेनशाह #शपथग्रहण #नेपालराजनीति #राष्ट्रपति #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
