प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच विपद्का विषयमा छलफल
२०८३ श्रावण २९

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच देशभरको बाढीपहिरोलगायत विपद्का विषयमा छलफल भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देशभर देखिएको बाढीपहिरोलगायत विपद्को अवस्था र उद्धार तथा व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। करिब ४० मिनेट भएको भेटवार्तापछि प्रधानसेनापति सिग्देल बाहिरिएका थिए। यसअघि प्रधानमन्त्री शाहले रोल्पाको पहिरोलगायत विपद्का विषयमा नेता वर्षमान पुनसँग पनि छलफल गरेका थिए।
Tags:
#छोटोखबर #प्रधानमन्त्रीबालेन #अशोकराजसिग्देल #नेपालीसेना #बाढीपहिरो #विपद् #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

