६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो
२०८३ भाद्र १६

६ कारोबार दिनपछि नेप्से ९.२४ अंकले बढे पनि कारोबार रकम २ अर्ब ९० करोडमै सीमित भएको छ।
लगातार ६ कारोबार दिनपछि मंगलबार सेयर बजारमा सुधार आएको छ। नेप्से सूचक ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको छ। बजारमा २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। १८१ कम्पनीको सेयरमूल्य बढ्दा ८४ कम्पनीको घटेको छ। माथिल्लो मैलुङ खोला जलविद्युत्को मूल्य सर्वाधिक बढ्दा उपकार लघुवित्तको सर्वाधिक घटेको छ।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #शेयरबजार #कारोबार #लगानी #जलविद्युत् #माइक्रोफाइनान्स #अर्थतन्त्र #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
