रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
२०८३ असार १०

रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने अब ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा अन्य कसैको उम्मेदवारी नपरेपछि निर्वाचन आयोगले उनको निर्विरोध चयन घोषणा गरेको हो। उनको प्रस्तावक वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) थिए। अब ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। पहिलो चरणको मतदान बुधबार हुने र मतगणना मतदान सकिएको दुई घण्टापछि सुरु हुने जनाइएको छ।
Tags:
#रास्वपा #रविलामिछाने #बालेन्द्रशाह #महाधिवेशन #केन्द्रीयसदस्य #निर्वाचन #राजनीति #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


