Choto Khabar Logo

बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

२०८२ फाल्गुण १
बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
सन् १९८८ मा काजी जाफर अहमदपछि ३५ वर्षसम्म शेख हसिना र खालिदा जियाले प्रधानमन्त्री पद सम्हालेपछि अब बंगलादेशमा पुनः एक पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
बंगलादेश नेशनलिष्ट पार्टी (बीएनपी) ले आम चुनावमा २९९ मध्ये कम्तीमा २१२ सिट जित्दै दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ। अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चितजस्तै छन्। जमात-ए-इस्लामीले ७७ सिट जित्दा नेसनल सिटिजन पार्टीले ५ सिट मात्र हात पारेको छ। रहमान ढाका–१७ र बोगुरा–६ बाट विजयी भएका छन्।

Tags:

#बंगलादेशनिर्वाचन #बीएनपी #तारिकरहमान #दक्षिणएसिया #राजनीति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्