ह्वाइट हाउस बाहिर गोली चल्दा आक्रमणकारी मारिए, सुरक्षा कडा
२०८३ जेठ १०

ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा आक्रमणकारी मारिए पनि राष्ट्रपति सुरक्षित रहेका छन्।
अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस बाहिर गोली चलेपछि एक संदिग्ध बन्दुकधारी अमेरिकी सिक्रेट सर्विसको जवाफी कारबाहीमा मारिएका छन्। उनले अचानक हतियार निकालेर गोली चलाएपछि एजेन्टहरूले नियन्त्रणमा लिएका थिए। घटना शनिबार साँझ भएको हो। राष्ट्रपति सुरक्षित रहेको र ह्वाइट हाउसको कार्यमा असर नपरेको अधिकारीहरूले जनाएका छन्। अनुसन्धान जारी छ।
Tags:
#छोटोखबर #ह्वाइटहाउस #अमेरिका #गोलीकाण्ड #सुरक्षा #डोनाल्डट्रम्प #सिक्रेटसर्भिस #विश्वसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्