मन्त्री जगदीश खरेलले दिए राजीनामा
२०८२ माघ ५

खरेल रास्वपाबाट ललितपुर–२ क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउँदै राजनीतिमा सक्रिय हुन पद छाडेको बताएका छन्। सरकारको स्वतन्त्र पहिचानमा असर नपरोस् भनेर राजीनामा दिएको उनको भनाइ छ। आगामी प्रतिनिधिसभा चुनावका लागि राजीनामा दिने उनी तेस्रो मन्त्री हुन्।
Tags:
#जगदीशखरेल #राजीनामा #छोटोखबर #राजनीति #मन्त्रिपरिषद #निर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



