राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनित
२०८३ असार १६

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय संरक्षण विज्ञलाई मनोनयन गरेको छ।
सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइटलाई मनोनयन गरेको छ। उनीहरूले जैविक विविधता, वन्यजन्तु संरक्षण र जलवायु क्षेत्रमा योगदान दिएका छन्। सरकारले यसबाट नेपालको संरक्षण अभ्यासलाई अन्तर्राष्ट्रिय अनुभव र आधुनिक प्रविधिसँग जोड्ने अपेक्षा गरेको छ।
Tags:
#राष्ट्रियप्रकृतिसंरक्षणकोष #वन्यजन्तुसंरक्षण #जैविकविविधता #जलवायुपरिवर्तन #वनतथावातावरण #संरक्षण #नेपाल #अन्तर्राष्ट्रियविज्ञ #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

