प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान सम्पन्न
२०८२ फाल्गुण २१

आयोगले देशका विभिन्न स्थानमा केही छिटपुट घटनाहरू देखिए पनि समग्रमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म लाइनमा रहेका मतदाताले भने मतदान गर्न पाउनेछन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ केन्द्रमा मतदान भएको थियो। प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सिटका लागि ६ हजार ५४१ उम्मेदवार प्रतिस्पर्धामा छन्।
Tags:
#निर्वाचन२०८२ #प्रतिनिधिसभा #मतदान #निर्वाचनआयोग #नेपालराजनीति #लोकतन्त्र #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



