Choto Khabar Logo

गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने

२०८३ जेठ ११
गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने
गणतन्त्र दिवस समारोहमा यस पटक प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले यस वर्षको गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन्। मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरिएको छ। सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी भने हुनेछन्। पछिल्लो समय प्रधानमन्त्री शाह संसद्, प्रश्नोत्तर कार्यक्रम तथा नीति–कार्यक्रममाथिको छलफलमा पनि मौन रहँदै आएका छन्।

Tags:

#गणतन्त्रदिवस #प्रधानमन्त्रीशाह #राष्ट्रपति #नेपालराजनीति #टुँडिखेल #संसद् ###छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू