संसदीय दलको नेता चयनबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
२०८३ बैशाख ४
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न आज सिंहदरबारमा सांसदहरूको छलफल बोलाएको छ।
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ। यसका लागि गठन गरिएको समितिले सांसदहरूलाई छलफलमा सहभागी हुन आह्वान गरेको छ। समितिका संयोजक प्रकाश स्नेहीका अनुसार आज वैशाख ४ गते दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। बैठकमा दलको नेताबारे विचार विमर्श गरिनेछ र आवश्यक निर्णय प्रक्रियातर्फ अघि बढिने अपेक्षा गरिएको छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #संसदीयदल #नेताचयन #राजनीति #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



