रास्वपा पदाधिकारी चुनाव : महामन्त्रीमा १० जनाको प्रतिस्पर्धा
२०८३ असार १२

रास्वपाको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक हुँदा महामन्त्रीमा १० जना प्रतिस्पर्धामा उत्रिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ। महामन्त्री पदमा १० जनाको प्रतिस्पर्धा छ भने महिला उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ। पुरुष उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। अन्तिम नामावलीपछि मतदान प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।
Tags:
#रास्वपा #महाधिवेशन #पदाधिकारीनिर्वाचन #महामन्त्री #स्वर्णिमवाग्ले #सोबितागौतम #तोसिमाकार्की #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


