नेपाली कांग्रेसले फागुन ३ मा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै
२०८२ फाल्गुण १

नेपाली कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने छ।
नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र ‘प्रतिज्ञा–पत्र’ सार्वजनिक गर्न तयारी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, फागुन ३ आइतबार अपराह्न २ बजे पार्टी कार्यालयबाट प्रतिज्ञा–पत्र सार्वजनिक गरिनेछ। यस घोषणापत्रमार्फत कांग्रेसले आगामी निर्वाचनमा जनतालाई दिने आफ्ना योजना, प्रतिबद्धता र प्राथमिकताहरू प्रस्तुत गर्नेछ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #चुनावीघोषणापत्र #प्रतिज्ञापत्र #नेपालनिर्वाचन #राजनीति #निर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



