अमेरिकाको बदलिने अडानले वार्ता जटिल बनेको इरानको आरोप
२०८३ जेठ २४

इरानले अमेरिकाको अस्थिर र विरोधाभासी नीतिका कारण द्विपक्षीय वार्ता जटिल बनेको आरोप लगाएको छ।
इरानले अमेरिकासँगको वार्तामा सबैभन्दा ठूलो समस्या वासिङ्टनको बदलिरहने र परस्पर विरोधाभासी अडान रहेको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकाले इरानको अधिकार स्वीकार गर्नुपर्ने, प्रतिबन्ध हटाउनुपर्ने र रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने माग दोहोर्याए। उनले युद्धविरामप्रति अमेरिकाले लापरवाही गरेको आरोप लगाउँदै क्षेत्रीय तनावप्रति चिन्ता व्यक्त गरे।
Tags:
#छोटोखबर #इरान #अमेरिका #तेहरान #आणविकवार्ता #अन्तर्राष्ट्रियसमाचार #प्रतिबन्ध #मध्यपूर्व #विश्वराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्