पश्चिमबाट नयाँ मौसमी प्रणाली भित्रिँदा देशभर वर्षा
२०८२ चैत्र २५

पश्चिमबाट भित्रिएको नयाँ प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा वर्षासहित खराब मौसमको सम्भावना बढेको छ।
मौसम महाशाखाका अनुसार पश्चिम नेपालबाट नयाँ वर्षा प्रणाली भित्रिएको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरै स्थानमा वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक प्रभाव देखिएको छ। काठमाडौँ उपत्यकामा मध्यम वर्षा भइरहेको छ । मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ।
Tags:
#छोटोखबर #मौसमअपडेट #वर्षा #नेपालमौसम #मेघगर्जन #चट्याङ #मौसमीप्रणाली
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३