रवि लामिछानेविरुद्धको रिट दर्ता हुने/नहुने निर्णय बुधबार
२०८३ बैशाख ८

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्ने वा अस्वीकार गर्ने निर्णय सर्वोच्चले बुधबार गर्नेछ।
रास्वपा सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको रिटबारे सर्वोच्च अदालतले बुधबार निर्णय गर्ने भएको छ। प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट अध्ययनपछि दर्ता वा दरपीठ टुंगो लाग्नेछ। आयुष बडालले दायर रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गर्न माग गरिएको छ। दर्ता नभए पुनः निवेदन दिने कानुनी व्यवस्था पनि रहेको छ।
Tags:
#रविलामिछाने #रास्वपा #सर्वोच्चअदालत #राजनीति #कानुन #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


