काठमाडौँ ट्राफिकमा सुधार नगरे भयावह अवस्था आउने चेतावनी
२०८३ असार २

एसएसपी काफ्लेले प्रविधि र कडा नीतिबिना काठमाडौँको ट्राफिक प्रणाली ध्वस्त हुने जोखिम रहेको बताएका छन्।
उपत्यका ट्राफिक एसएसपी सुरेश काफ्लेले काठमाडौँको ट्राफिक प्रणाली सुधार नगरे दुई वर्षभित्र सडक चल्न नसकिने अवस्था आउने चेतावनी दिएका छन्। सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा 'सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन' सम्बन्धी प्रस्तुति गर्दै उनले सवारी संख्या अत्यधिक भएकाले प्रविधिमैत्री व्यवस्थापन, एआई ट्राफिक लाइट, जरिवाना वृद्धि, ड्यासबोर्ड क्यामेरा र स्क्र्याप नीति आवश्यक रहेको बताए। अन्यथा जाम र दुर्घटना झनै बढ्ने उनको भनाइ छ।
Tags:
#छोटोखबर #काठमाडौँ #ट्राफिक #सडकजाम #नेपाल #यातायात #सुरक्षा #ट्राफिकप्रणाली #एआई #पूर्वाधार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
