प्रधानमन्त्रीको वैदेशिक भ्रमण उपयुक्त समयमा: सरकारका प्रवक्ता
२०८३ जेठ ११

सरकारले प्रधानमन्त्री बालेन शाहको वैदेशिक भ्रमण परिस्थिति र समयअनुसार तय हुने स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा हुने बताएका छन्। उनले सरकार हाल प्रारम्भिक १०० दिनको कार्यमा केन्द्रित रहेको र आन्तरिक काम प्राथमिकतामा रहेको स्पष्ट पारे। प्रधानमन्त्री हाल कुनै पनि विदेश भ्रमणमा नगएको र यसलाई अन्य राजनीतिक भ्रमणसँग नजोड्न आग्रह गरिएको छ।
Tags:
#बालेनशाह #सरकार #वैदेशिकभ्रमण #सस्मितपोखरेल #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


