नेकपा नेतृत्वमाथि झलनाथ खनालको गम्भीर आरोप, ३६ बुँदे असन्तुष्टि पत्र सार्वजनिक
२०८३ असार ३

झलनाथ खनालले प्रचण्ड र माधव नेपालमाथि वैचारिक विचलन, गुटबन्दी र पार्टी सञ्चालनमा अनैतिकता गरेको आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्रमार्फत कडा असहमति जनाएका छन्।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालमाथि वैचारिक विचलन, गुटबन्दी र अनैतिक व्यवहारको आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र पठाएका छन्। सात महिनादेखि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै उनले एकताका सहमति उल्लंघन, जबजको प्रभाव र पार्टीलाई सैद्धान्तिक अधोगतितर्फ धकेलिएको आरोपसमेत लगाएका छन्।
Tags:
#छोटोखबर #झलनाथखनाल #नेकपा #प्रचण्ड #माधवनेपाल #राजनीति #कम्युनिष्टआन्दोलन #३६बुँदेपत्र #वैचारिकविवाद #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


