Choto Khabar Logo

अमेरिकाले ५० देशका भिसा आवेदकका लागि २० हजार डलरसम्म ‘भिसा बोन्ड’ अनिवार्य बनायो

२०८३ श्रावण १७
अमेरिकाले ५० देशका भिसा आवेदकका लागि २० हजार डलरसम्म ‘भिसा बोन्ड’ अनिवार्य बनायो
अमेरिकाले नेपालसहित ५० देशका निश्चित पर्यटक तथा व्यापारिक भिसा आवेदकका लागि २० हजार डलरसम्म ‘भिसा बोन्ड’ अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बोन्ड’ कार्यक्रम स्थायी बनाउँदै नेपालसहित ५० देशका निश्चित बी–१/बी–२ भिसा आवेदकसँग अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी माग्न सक्ने व्यवस्था गरेको छ। अगस्ट ३ देखि लागू हुने यो नीतिको उद्देश्य भिसा अवधि सकिएपछि गैरकानुनी बसोबास रोक्नु हो। भारत भने हाल सूचीमा समावेश छैन।

Tags:

#छोटोखबर #अमेरिका #भिसाबोन्ड #भिसा #नेपाल #पर्यटनभिसा #व्यापारभिसा #अमेरिकीविदेशमन्त्रालय #अध्यागमन #अन्तर्राष्ट्रियसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू