वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ जेठ १२

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध नक्कली कागजातमार्फत नागरिकता दिलाएको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको छ। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा अदालतले अनुमति दिएको हो। मेयर सिंहले नक्कली कागजात प्रयोग गरी अरूको छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लागेको छ। उनीविरुद्ध चार मुद्दा दर्ता भएको बताइएको छ।
Tags:
#राजेशमानसिंह #वीरगञ्ज #पक्राउपुर्जी #नागरिकता #जिल्लाअदालत #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्